नागरिकता विधेयकमा माओवादीले दोहोरो चरित्र देखायोः योगेश भट्टराई

नागरिकता विधेयकमा माओवादीले दोहोरो चरित्र देखायोः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद योगेश भट्टराईले नागरिकता विधेयकमा नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।
 
सोमबार प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले नागरिकता जस्तो संवेदनशील विषयमा माओवादी केन्द्रले खेलवाड गरेको पनि बताए। उनले संसदको विशेष अधिकार हनन गर्नेलाई कारवाही गर्न या नगर्ने भन्दै प्रधानमन्त्रीलाई विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार कस्ले दियो भन्ने प्रश्न गरे। 

उनले भने ‘सत्ता पक्ष नेकपा माओवादीका माननीय ज्यूहरुलाई म सम्झन चाहन्छु,तपाईहरुको प्रस्ताव त १५ वर्ष थियो नि ? १५ वर्ष राख्नु पर्छ भनेको हैन। हामीले ७ वर्ष राख्दा यो त राष्ट्रघात हुन्छ भनेको हैन। १५ वर्ष राख्नुपर्छ भन्ने आज लसुक्क त्यो विधेयकमा आएर समर्थन जनाउने यो दोहोरो चरित्र नेपाली जनताले बुझ्नु पर्छ। नागरिकता जस्तो संवेदनशील विषयमा धेरै खेलवाड नहोस्। प्रधानमन्त्री जि यहि हुनुहुन्छ। प्रधानमन्त्री ज्यूले आफुसँग नभएको अधिकार विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने अधिकार कस्ले दियो? राष्ट्रपतिलाई गैर संवैधानिक काम गर्न उक्साउने,संविधान मिच्ने दुत्साहस गर्ने यो सब संसदको विषेश अधिकार हनन भयो भनेर विशेष अधिकार हनन समिति बनाएर संसदको विषेश अधिकार हनन गर्ने माथि पनि कारवाही हुन सक्छ।’ 

Skip This
Skip This
Logo