प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् । अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उनले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको बताए ।
बरु इन्दौर र उज्जैनमा भने भव्य रुपमा स्वागत गरिएको जानकारी दिँदै उनले आफू र आफ्नो टोलीले भारत भ्रमणभर अपमानित महसुस नगरेको बताए । 'दिल्लीमा जुनसुकै प्रधानमन्त्री जस्तै थियो स्वागत, सम्मान र प्रचारप्रसार । इन्दोरमा अलि विशिष्ट थियो । तर इन्दोरमा नेपाली र भारतीय ठूलो संख्यामा जुटेर दुवैतिरका झण्डा हल्लाउँदै, नाच नाच्दै, बाजा बजाउँदै विशिष्ट स्वागत थियो एयरपोर्टमा ।' उनले भने,'इन्दोरबाट उज्जेनसम्म जाँदा अभूतपूर्व बाजागाजा, नाचगान… सबै… नेपाली हिन्दी… थियो । हाम्रा नेपाली दिदीबहिनी दाजुभाइ र भारतीय नेताले यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा एकचोटि देखिएको थियो, अहिले नेपाली प्रधानमन्त्री आउँदा देखियो भने।'































प्रतिक्रिया