सुकुम्बासीका कारण स्वबासी संकटमा परेः सुमन सायमी

सुकुम्बासीका कारण स्वबासी संकटमा परेः सुमन सायमी

केन्द्रबिन्दु
0
Shares

अभियन्ता सुमन सायमीले भूमिहिन सुकुम्बासीहरुलाई प्राथमिकतामा राख्दा स्वबासीहरु ओझेलमा परेको तर्क गरेका छन्  । 

स्वबासीहरुको भूमि दर्ता रोक्का फुकुवा गराउने र लालपूर्जा दिने व्यवस्थाको माग गर्दै आज माईतीघर मण्डलामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै अभियन्ता सायमीले अव्यवस्थित र भूमिहिन सुकुम्बासीहरुको लागि गठन गरिएको भूमि आयोग जस्तै स्वबासीहरुको लागि पनि लालपूर्जा दिने व्यवस्था हुनुपर्ने बताए । 

उनले भने, ‘राज्यले दमन गरेर अन्याय गरेर उत्पीडनमा पारिरहेको स्वबासीहरुको लालपूर्जा नदिएको विषयमा हामी आन्दोलित भएको हो । अव्यवस्थित र भूमिहिन सुकुम्बासीहरुलाई जुन किसिमको भूमि आयोग बनाएर जग्गा दिन खोजिएको छ । तर स्वबासिहरुलाई लालपूर्जा नदिएको विषयमा हो आन्दोलन यसको सुनुवाई गर्नुपर्छ।’

सो कार्यक्रममा सम्बोधन गर्दै अधिवक्ता जुजकाजी महर्जनले लालपूर्जा नभएको कारण जग्गाको उपभोग र बेचबिखन जस्ता कार्यबाट वञ्चित रहनु परेको भन्दै यसको समाधानका लागि आन्दोलित भएको बताए । 

विगत लामोसमयदेखि स्वबासी जग्गा दर्ता बन्द भएको भन्दै संविधानमा रहेको मौलिक हकको अधिकारबाट वञ्चित भएको टिप्पणी गरेका छन् ।

Skip This
Skip This
Logo