बढदो समस्यामा पुटिन, रुसी सेना कमाण्डर बाग्नर समुहकाे नियन्त्रणमा

बढदो समस्यामा पुटिन, रुसी सेना कमाण्डर बाग्नर समुहकाे नियन्त्रणमा

केन्द्रबिन्दु
0
Shares

युक्रेनसँग चलिरहेको युद्धको बीचमा रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भएको रिपोर्ट बाहिर आएको छ।रूसी सेना र वाग्नर समूह बीच पटकपटक मतभेद भएपछि अहिले स्थिति नियन्त्रण बाहिर गइरहेको छ। 

समाचार अनुसार वाग्नर समूहले रूसी सेनाको शीर्ष कमाण्डरलाई बन्धक बनाएका छन्। यति मात्र होइन कि वाग्नर समुहले रुसी सेनाका कमाण्डरको भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरेको छ। यसले रूसी सेना र वाग्नर समूह बीचको विवाद प्रकट भएको हो।

वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको सामाजिक सञ्जाल खातामा एउटा भिडियो पोस्ट गरिएको छ,जुन भिडियोमा रुसी सेनाको ७२ औँ ब्रिगेडका कमाण्डर लेफ्टिनेन्ट कर्नल रोमन भेनेभिटिनलाई वाग्नर समूहले बन्धक बनाएको देखिन्छ।

भिडिओमा मदिरा सेवन गरेका भेनेभिटिनले आफ्ना सिपाहीहरूलाई वाग्नरको काफिलेमा गोली चलाउन आदेश दिएका बताएका छन्। भेनेभिटिनले यो पनि भने कि ‘उनी वाग्नर समूह मन पर्दैन तर पछि उनले माफी मागे।’ 

रूसी सेना र येभगेनी प्रिगोजिनको नेतृत्वमा रहेको वाग्नर समूह बीचको विवाद केही समयदेखि बढेको छ। गत हप्ता मात्रै, प्रिगोजिनले केही भिडियोहरू जारी गरे र सेनामाथि गम्भीर आरोप लगाएका थिए। प्रिगोजिनले भने कि बाख्मुटमा उनका सेनाहरूले पर्याप्त हतियारको आपूर्ति पाएका छैनन्। 

प्रिगोजिनले भर्खरै दावी गरे कि उनको सेनाले विस्फोटक पदार्थ बरामद गरेको थियो, जुन रूसी रक्षा मन्त्रालयका मानिसहरूले राखेका थिए। यद्यपी रुसी रक्षा मन्त्रालयबाट यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

बाख्मुतमा रुसको विजयमा वाग्नर समूहको महत्वपूर्ण भूमिका थियो र अहिले वाग्नर समूहका लडाकुहरूले बाख्मुतबाट मोर्चा छाडेर रुसी सेनाले बखमुतलाई आफ्नो नियन्त्रणमा लिएको छ। प्रिगोजिनले दावी गरे कि उनका लडाकुहरूले रुसी रक्षा मन्त्रालयको नीतिका कारण बाख्मुतमा ठूलो क्षति बेहोरेका थिए।

अब रुसी सेनाका कमाण्डरलाई बन्धक बनाएपछि रुसमा प्रिगोजिनको प्रभाव निकै बढेको र उनले रुसी सेनालाई जसरी खुलेर चुनौती दिइरहेका छन्,त्यसले पुटिनको समस्या बढ्नु स्वाभाविक हो।

Skip This
Skip This
Logo