आदिपुरुष रिलिज हुने थिएटरमा हनुमानलाई आरक्षण सिट

आदिपुरुष रिलिज हुने थिएटरमा हनुमानलाई आरक्षण सिट

केन्द्रबिन्दु
0
Shares

अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ सन् २०२३ को प्रतिक्षित फिल्ममा पर्दछ। हालैमात्र यो फिल्मको ट्रेलर रिलिज भएको थियो, जुन ट्रेलरलाई दर्शकले मनपराएका छन्। यो फिल्म रिलिजको दुई साता मात्र समय बाँकी छ। यहीकारण निर्माताहरुले प्रचारको अन्तिम चरणलाई तिब्रता दिइरहेका छन्।

हालैमात्र फिल्मको टिमले नयाँ अफर घोषणा गरेको छ। अफर अनुसार फिल्म प्रदर्शनको समयमा हरेक थिएटरमा एक सीट रिजर्भ हुनेछ। यो बिना बिक्री भएको सिट दर्शकहरुको आस्थाको खुशियाली मनाउनका लागि भगवान हनुमानलाई समर्पण गरिनेछ।

‘जहाँ पनि रामायणको पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ। यो हाम्रो विश्वास हो। यो विश्वासलाई सम्मान गर्दै प्रभासको राम अभिनित आदिपुरुषलाई प्रदर्शन गर्ने थिएटरमा हनुमानका लागि एक बिक्री नभएको सिट आरक्षित गरिनेछ’, फिल्म निकट स्रोतले भनेको छ।

फिल्मको निर्देशन ओम राउतले गरेका छन्। फिल्म १६ जुनमा रिलिज हुँदैछ। यो फिल्म तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ। फिल्ममा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निभाएका छन्।

Skip This
Skip This
Logo