प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दायरा हेरफेर गरिएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमा समय लिएर बोल्दै उनले बजेट सार्वजनिकको अघिल्लो दिन अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको घटना मिडियामा आएको भन्दै प्रश्न उठाए ।
“हामी यथार्थ जान्न चाहन्छौँ । नेकपा (एमाले) सुशासन, पारर्दिशता र भ्रष्टाचारको विरुद्धमा छ,” उनले भने, “यथार्थ के हो ? अर्थमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिनुपर्छ । चित्तबुझ्दो जवाफ नआए संसदीय छानबिन समिति बनाएर बनाएर अघि बढ्नुपर्छ ।”































प्रतिक्रिया