आर्थिक विधेयक निर्माणका क्रममा करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठलाई सहभागी गराइएको विषयले प्रतिनिधिसभामा प्रवेश पाएको छ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरी, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, सांसदहरु स्वर्णिम वाग्ले, अमरेशकुमार सिंह र प्रेम सुवालले करका दर फेरफेरमा पूर्वनासु रामकृष्ण श्रेष्ठको सहभागिताबारे छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेका छन्।
सोही क्रममा सांसद प्रेम सुवालले ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरिनुपर्ने बताएका छन् । अन्यथा बजेटमा विचौलियाको प्रवेश नरोकिने उनको भनाइ छ। यसैगरी उनले स्रोत नखुलेका सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने र विदेशमा सम्पत्ति लैजान नपाउने व्यवस्था गर्नुपर्ने माग गरे। करमा दर हेरफेरमा श्रेष्ठकाे सहभािगताबारे उठेका प्रश्नकाे जवाफ संसदमा अर्थमन्त्री डा प्रकाशशरण महतले दिइरहेका छन्।





























प्रतिक्रिया