जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौँ आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।
कोरियन एयरलाइन्स ०६९५ नम्बरको फ्लाइटमा आएका झापाका २८ वर्षीय सुवास पुरीलाई प्रहरीले पक्राउ गरेको हो।































प्रतिक्रिया