कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

कनकाईका २८ परिवारलाई जग्गाधनी पुर्जा

केन्द्रबिन्दु
0
Shares

झापाको कनकाई नगरपालिकाका २८ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । नगरमा बसोबास गर्ने भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले धनी पुर्जा वितरण गरेका हुन् । मन्त्री चौधरीले कनकाई–५ का दलित भूमिहीन वरदान मण्डल र रेतिया मण्डललाई जग्गाधनीपूर्जा प्रदान गरेर सो कार्यको सुरुआत गरे ।

कनकाई–५ का २२ र कनकाई-८ का छ भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष महेन्द्र खड्का, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कनकाई नगरपालिका प्रमुख पोखरेलले, उपप्रमुख आशा शर्मा सिवाकोटीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

Skip This
Skip This
Logo