राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले ल्याएकाे बजेट होलसेलमा अनुमान गरिएको जस्ताे भएकाे टिप्पणी गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा उनले बजेट अनुमान झारा टार्ने काम जस्तो भएको बताएका हुन्।
सभापति लामिछानेले सरकारबाट प्रस्तुत भएकाे विनियोजनका प्राथमिकता नीति तथा कार्यक्रम र बजेट एउटै सरकारले लिएर आएको हो कि फरक-फरक सरकारको पालामा आएको हो भन्ने कुरामा आफू दोधारमा परेको बताए। उनले बजेट र कार्यक्रमकाबीच तालमेल कहीँ कतैं नभेटिएको पनि जिकिर गरे।
उनले भने ‘यस बजेटमा अर्थमन्त्री ज्यूले ९० वटा शीर्षकहरु मध्य ६८ वटा शीर्षकहरुबाट प्राप्त हुने राजस्वको मूल्य दर २४.३७ प्रतिशत हुन्छ भन्ने अनुमान गर्नु भएको छ। राजस्वको मुख्य आधारहरु कर, गैर कर दुबैको वृद्धिदर पनि २४.३७ प्रतिशत अनुमान गर्नुभएको छ। करको स्रोतहरुमा आय,मुनाफा तथा पुँजीगत लाभमा लाग्ने कर बस्तु तथा सेवामा आधारित कर र वैदेशिक व्यापारमा लाग्ने कर सबैको वृद्धिदर २४.३७ प्रतिशत हन्छ भन्ने अनुमान गर्नु भएको छ। होसेलमा गरिएको यस्तो अनुमानबाट यो पुष्टि हुन्छ की यो बजेटको लेखन एउटा झारा टार्ने काम र गैरजिम्मेवारी पूर्ण ढंगबाट गरिएको हो की भन्ने आशंका गर्ने ठाउँहरु प्रशस्त मात्रामा छन्। ’































प्रतिक्रिया