राष्ट्रिय सभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

राष्ट्रिय सभा बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद भवनमा आज बिहान ११:३१ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा बोल्न बाँकी सांसदले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि को छलफलमा भाग लिइसकेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको आजको बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री महतले जवाफ दिने उल्लेख छ।

Skip This
Skip This
Logo