लूको प्रभावबारे आवश्यक तयारी गर्न सांसद झाको सरकारलाई आग्रह

लूको प्रभावबारे आवश्यक तयारी गर्न सांसद झाको सरकारलाई आग्रह

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले,तराईमा आइरहेको तातो हावाका कारण हुन सक्ने सम्भावित स्वास्थ्य जोखिम न्यूनिकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

शुक्रबार प्रतिनिधि सभा बैठकमा झाले लूको कारण युरोपमा हजारौँ मान्छेको मृत्यु भइसकेको उल्लेख गर्दै नेपालमा यसको जोखिम कम गर्न आवश्यक तयारीका लागि सरकारलाई आग्रह गरेका हुन्।
 
‘हाम्रो तराईमा जुन तातो हावा आइरहेको छ,त्यसको कारण सम्भावित स्वास्थ्य जोखिमको बारेमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु।’ उनले भने,‘वर्षेनी लगभग १२ करोड ५० लाख विश्व जगतमा नै यसले प्रभावित भएको र नेपालमा पनि यसको सम्भावना धेरै नै देखिन्छ। यसको कारण युरोपमा विगतमा हजारौँ मान्छेको मृत्यु भइसकेको छ। यसले मानसिक स्वास्थ्यमा एकदमै नराम्रो प्रभाव पार्न सक्छ। ’

Logo