नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले विरामी परेको अर्थतन्त्र उकास्न राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन् ।
प्रतिनिधिसभामा आर्थिक वर्ष २०८० ८१ को राजस्व र वार्षिक व्यायको वार्षिक अनुमान माथिको छलछफलमा सहभागी हुँदै सांसद केसीले अहिले देखिएको संकटको समाधान गर्ने जिम्मा संसदको नै रहेको बताएका हुन् ।
उनले भने,‘विरामी अर्थतन्त्रको बिचमा छौं । यसको लागि राष्ट्रिय सहमतिको आवश्यकता छ । आमरुपबाट हामीमा भएको विश्वासको संकट,प्रतिवद्धताको संकट र चरित्रको संकटले गर्दा हामी यस्तो अवस्थामा छौं । यसलाई गम्भीर रुपले यसको बारेमा नसोच्ने हो भने यस्तो टालटुले पाराले गरेर हुँदैन् । अहिले जुन खालको राष्ट्रिय संकट र अन्तराष्ट्रिय परिवेश छ । यसलाई समाधान गर्नुपर्छ ।’
सांसद केसीले संसदमा रेकर्ड भएको विषय जसरी मेटाउन थालिएको छ त्यसले संसदीय परम्परामा प्रभाव पार्ने बताए । उनले बोलेको कुरा कसैले फिर्ता लिए ठीक मानिए पनि दबाब र सहमतिको नाममा संसदको रेकर्डबाट हटाउने कार्य हुनु गलत परम्परा भएको बताए ।































प्रतिक्रिया