नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूमाथि लगाएको भ्याट गम्भीर भएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमिति सम्मेलनमा नेता कोइरालाले सरकारमा बसेर आफ्नै विरोध गर्न नहुने बास्तविकताले बोल्न नपाएको उल्लेख गर्दै पार्टी सभापतिलाई भ्याटको विषयमा धारणा बनाउन आग्रह गरे ।
उनले भने, ‘सत्ता पक्षको भएको हुँदा संसदमा बोल्न अप्ठ्यारो लाग्छ। विरोध कसरी गर्ने ? संसदीय व्यवस्थाको मापद्दण्डहरुलाई पक्रेर हिँड्नुपर्ने हुन्छ, त्यो ल्याईसक्यो सत्तापक्षले विरोध गरेर फाइदा छैन,सत्ता पक्ष भएपछि त्यहि गाह्रो हुन्छ ।’
नेता कोइरालाले सभापति देउवालाई यो विषयमा बुझ्नुपर्ने बताउँदै थपे, ‘पार्टी सभापति यहि हुनुहुन्छ,त्यसैले पनि बोल्नुपर्छ, नेपालमा आलु, प्याज र फलफूल जस्तो कुरामा भ्याट लगाउँदा हामीहरुले यसलाई कसरी लिने ? अत्यन्त गम्भीर कुरा छ यो ।’































प्रतिक्रिया