सुनको मूल्यमा आज नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो

सुनको मूल्यमा आज नयाँ रेकर्ड, चाँदीको पनि बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सुनको मूल्यमा आज नयाँ रेकर्ड कायम भएको छ । प्रतितोला ६ सय रुपैयाँले बढेर सुन आज ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन मंगलबार ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।

अहिले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको भइरहेको छ । तेजावी सुन आज तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्‍य पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ । चाँदी १,००५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo