शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता

शाहरुखको सिग्नेचर स्टेप गिनिज बुकमा दर्ता

केन्द्रबिन्दु
0
Shares

बलिउड अभिनेता शाहरुख खानको लोकप्रियता कतै लुकेको छैन। उनका लागि फ्यान जे गर्न पनि तयार छन्।

यसपटक फ्यानले उनका लागि केही फरक गरे, जुन काम देखेर शाहरुख आफैं छक्क परेका छन्। शाहरुखका फ्यानले उनको घर मन्नत बाहिर सबैभन्दा धेरै जनाको उपस्थिति उनको सिग्नेचर स्टेप गरेको रेकर्ड राखेका छन्।

शाहरुखको घर बाहिर हरेक दिन फ्यानको भीड लाग्छ। हालै उनको फ्यानले शाहरुखलाई सम्झनालायक क्षण बनाइदिए। जब शाहरुख खान फ्यानलाई ‘सरप्राइज’ दिनका लागि मन्नतको बालकोनीमा आएर आफ्नो सिग्नेचर स्टेप देखाए,तब घर बाहिर उपस्थित तीन सय फ्यानले एकसाथ उनको सिग्नेचर स्टेपलाई पछ्याए।

यो क्रम केही समयसम्म रहेपछि गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भएको छ। शाहरुखले सिग्नेचर स्टेप देखाएपछि उनले फ्यानलाई हात जोडेर अभिवादन गरेका थिए।

कामको कुरा गर्दा शाहरुख पछिल्लो पटक ‘पठान’मा देखिएका थिए। चार वर्षपछि ‘पठान’मार्फत कमव्याक गरेका शाहरुखले बक्सअफिसमा कैयौं रेकर्ड तोडे।‘पठान’ पछि उनी ‘जवान’मा देखिँदैछन्। यो फिल्ममा शाहरुखको लुक्स फ्यानमाझ लोकप्रिय बनिसकेको छ।

Skip This
Skip This
Logo