बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्राहकहरुलाई लक्षित गर्दै विशेष अफर सार्वजनिक गरेको छ ।
‘फाइनान्स जात्रा, १८ महिना ० प्रतिशतमा बजाज यात्रा’ नामक यस अफरअन्तर्गत बजाज मोटरसाइकल किन्न चाहने ग्राहकले किस्ताबन्दीमा मोटरसाइकल किन्न सक्नेछन् र यसमा ब्याज लाग्ने छैन । जसमा शुरुमा मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम भने बुझाउनुपर्ने र बाँकी रकम १८ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिने कम्पनीले जनाएको छ ।
हाल नेपाली बजारमा सबैभन्दा धेरै मूल्यको बजाज डोमिनार ४०० देखि सबैभन्दा कम मूल्यको प्लाटिना मोटरसाइकल उपलब्ध छन् । डोमिनार ४०० को मूल्य ५ लाख ९९ हजार ९ सय रुपैयाँ छ भने प्लाटिनाको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ छ, जसको मासिक किस्ता रकम क्रमशः १६ हजार ६६४ रुपैयाँ र ५ हजार ४९७ रुपैयाँ हुन्छ ।
यो अफर काठमाडौं उपत्यकाका लागि आज आइतबारदेखि आगामी बिहीबारसम्म मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।





























प्रतिक्रिया