कञ्चनपुरबाट लागू औषधसहित प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ।
गएराति भीमदत्त नगरपालिका–११ स्थित नेपाल भारत सीमा ७ नम्बर पिल्लर नजिक सोही नगरपालिका–५ सुकासालका २१ वर्षीय सौरव पहरी,२० वर्षीय सुरज सुनार र २१ वर्षीय कोहरिस दमाइ पक्राउ परेका हुन्।
शंकालागि चेकजाँच गर्दा उनीहरूको साथबाट ०.५१ ग्राम चरेश, ०.६० ग्राम खैरो हेरोइन र मोवाइल १ थान बरामद गरी तिनै जनालाई सशस्त्र प्रहरी सीमा सुरक्षा बलबाट खटिएको टोलीले पक्राउ गरेको हो। यस विषयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।































प्रतिक्रिया