अरुण भ्याली हाइड्रोपावरको असार ७ गते विशेष साधारण सभा बस्ने भएको छ।
सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ। सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदैछ।
विशेष सभा प्रयोजनका लागि मंगलबार बुक क्लोज गर्नेछ। सोमबारसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन्।
यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत,जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ। कम्पनीले यसअघि नै १०० प्रतिशत हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ।
हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ। कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो।
हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ।
यस्तै, अरु बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ।





























प्रतिक्रिया