नेकपा एमालेका सांसद ठाकुर गैरेले अर्थमन्त्रीले संसदमा दिउसै रात पार्ने काम गरेको आरोप लगाएका छन् ।
बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिएपछि आफ्नो भनाइ राख्दै सांसद गैरेले १७ प्रतिशत भएको पुँजीगत खर्चलाई २७ प्रतिशत भनेर दिउँसै रात पारेको बताएका हुन् ।
उनले भने, ‘अर्थमन्त्रीज्यूले यो प्रतिपक्षको काम नै राम्रो कुरा भए पनि विरोध गर्ने नै हो भनेर एक प्रकारको उपाहास गर्नुभएको छ। म दुःख व्यक्त गर्न चाहन्छु । हामी त्यो उद्देश्यका साथ यहाँ छैनौं । २७ प्रतिशत पुँजीगत खर्च भएको छ भनेर भन्नु भयो । १७ प्रतिशत भएको खर्चलाई २७ प्रतिशत भनेर दिउँसै रात पार्ने काम भयो । यस्तो काम गरिमामय सदनमा नगर्नुहोला । पाल्पा जिल्ला यो देशमा पर्छ कि पर्दैन भन्न चाहन्छु । अत्यन्त्य हेपिएको छ ।’































प्रतिक्रिया