तेस्रो दक्षिण एशियाली योग स्पोर्टस च्याम्पियनसिपमा ६ स्वर्ण, ८ रजत र ४ काश्य पदक जित्दै भारतले पहिलो स्थान प्राप्त गरेको छ ।
समान ६ स्वर्ण ३ रजत र ४ काश्य जित्दै नेपालले दोस्रो स्थान हासिल गरेको छ भने १ स्वर्ण ३ रजत जित्दै बंगलादेशले तेस्रो स्थानमा रहेको छ । त्यसै गरी दोस्रो माउण्ट एभरेष्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, ५ रजत र ५ काश्य जित्दै प्रथम स्थान हासिल गरेको छ भने १ स्वर्ण, २ रतज र २ काश्य जित्दै साउदी अरेबिया दोस्रो तथा ४ काश्य र ५ रजत जित्दै आयोजक नेपालले तेस्रो स्थानमा चित्त बुझाएको छ ।
नेपालबाट साउथ एशियनमा महिला तथा पुरुष गरी ७२ जना खेलाडी २२ जना अफिसियल, भारतबाट ७९ खेलाडी १२ अफिसियल साउदी अरबबाट ९ जना खेलाडी ११ जना अफिसियल, र बंगलादेशबाट ५ जना खेलाडी तथा ४ जना अफिययिल र ईरान योग फेडरेसनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा.डा. सूर्य बहादुर कार्कीको सभापतित्वमा भएको समापन समारोहमा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव केशब कुमार विष्ट, वल्र्ड योग फेडरेशनका सचिव एवम् भारतीय योग संघका महासचिव डाक्टर जयदीप आर्यको विशेष उपस्थित रहेको थियो । योग स्पोर्टस फेडरेशनका वरिष्ठ उपाध्याक्ष उमंग दवन, ईरान योग फेडरेसनका अध्यक्ष मेहरान्गी नाजारिन्कोनी, साउदी अरब योग फेडरेशनका अध्यक्ष नौफ अल मरवाई, लगायत विशिष्ट अतिथिले उक्त प्रतियोगितामा विजेता खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।































प्रतिक्रिया