रियल मड्रिडका फरवार्ड भिनिसियस जुनियरले ७ नम्बरको जर्सी लगाउने भएका छन् । ला लिगा क्लब रियलले सोमबार भिनिसियसले ७ नम्बरको जर्सी लगाउने जानकारी दिएको हो ।
सो जर्सी क्रिस्टियानो रोनाल्डो, राउल, अमान्सियो, रेमण्ड कोपा, जुआनिटो र एमिलियो बुट्रागुएनो जस्ता खेलाडीले लगाइसकेका छन्। रोनाल्डोले क्लव छाडेपछि पछिल्ला सिजनमा बेल्जियन फरवार्ड एडेन हाजार्डले लगाउँदै आएका थिए । तर, हाजार्डले पनि क्लब छाडेपछि क्लबबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका भिनिसियसले ७ नम्बरको जर्सी पाएका हुन् ।

भिनिसियस सन् २०१८ मा फ्लामेन्गोबाट ४५ मिलियन युरोमा सान्टियागो बर्नाबेउ पुगेका थिए। फ्लामेन्गोमा हुँदा उनले २५ र २० नम्बरको जर्सी प्रयोग गरेका थिए। सन् २०२० देखि उनले रियलमा २० नम्बरको जर्सी लगाउँदै आएका थिए ।
साथै उनका सहकर्मी रोड्रिगोले पनि ११ नम्बरको जर्सी लगाउने भएका छन् ।





























प्रतिक्रिया