वडाध्यक्षमाथि बलात्कारको आरोप, आरोपित फरार

वडाध्यक्षमाथि बलात्कारको आरोप, आरोपित फरार

केन्द्रबिन्दु
0
Shares

कालिकोट ।

जिल्लाको खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नाता पर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको छ ।

पीडितका आफन्तले मंगलबार प्रहरीमा उनीविरुद्ध उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् ।

पीडित किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैले दाई जस्तै मानें । एक दिन विद्यालयबाट घर फर्किंदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’ केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरीमाथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो ।

घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् । वडाध्यक्षले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका बताइएको छ । शाही नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलीका अनुसार वडाध्यक्ष शाहीविरुद्ध मुद्दा दर्ता भएको छ । आफू विरुद्ध प्रहरीमा उजुरी पुगेपछि वडाध्यक्ष शाही सम्पर्कविहीन छन् ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo