कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार लोकल गाजरको प्रतिकेजी न्यूनतम मूल्य ११०, मटरकोशा प्रतिकेजी मूल्य १८०,कुरीलो प्रतिकेजी २५०,काउली स्थानिय प्रतिकेजी मूल्य ४०,आलु रातो ४०, नेपाली गोलभेडा ठूलो ३० कायम भइ कारोबार भइरहेको छ।
त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३२० रुपैयाँ ,ब्रोकाउली ७०,कागती १५० रुपैयाँ,चमसूरको साग रू १००,न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ५० रुपैयाँ,लोकल काक्रो ७०,अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार तरबुजा प्रतिकेजी ४०,अनार ३८०रुपैयाँ, किवि ५०० रुपैयाँ, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ,रहु माछा ३१५,ताजा माछा (मुंगरी) रू ३२०रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ। उता, मालदह आँप ७०, लसुन २३०, चाइनिज लसुन २३६ मा काराेबार भइरहेकाे छ ।





























प्रतिक्रिया