उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको व्यवसायिक यात्राः कसरी बन्न सफल भए एक नम्बर व्यवसायी ?

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालको व्यवसायिक यात्राः कसरी बन्न सफल भए एक नम्बर व्यवसायी ?

केन्द्रबिन्दु
0
Shares

व्यापारका लागि पहिलो अन्तर्राष्ट्रिय उडान भर्दै सूर्योदयको देश जापान पुगेका समय व्यवसायी चन्द्र ढकालको दिमागमा व्यावसायको नयाँ सोच उदय भयो । भनिन्छ, प्राप्त अवसर र सोचलाई थपक्कै टिपेर व्यवहारमा लागु गरे त्यो व्यक्ति एक न एक दिन सफल भएरै छाड्छ । काठमाडौं फर्किएर त्यही योजनालाई कार्यान्वयनमा ल्याएका चन्द्र ढकाल साढे दुई दशकमा अब्बल व्यवसायी बन्न सफल भए । कार्गो व्यवसायबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका ढकाल कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता र मिलनसार स्वाभावका कारणले गर्दा आज यो स्थानमा छन् । सामान्य परिवारबाट आएका ढकाल देशकै सफल व्यवसायीको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् । 

चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन् । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।    
  
ढकालको बाल्यकाल

१६ वर्षको उमेरमा बुवाको निधनले पहाडभन्दा ठूलो जिम्मेवारी थपिदियो । गाउँमा आमाको खुशी र भाइबहिनीलाई अभिभावकत्व प्रदान गर्ने आधार नभेटेपछि चन्द्र २०४१ सालमा सपनाको सहर काठमाडौं छिरे ।

२०२२ सालमा बाग्लुङको अमलाचौरमा बाबु हिरण्य ढकाल र आमा जानुकादेवी ढकालको कोखबाट जन्मिएका चन्द्रको बाल्यकाल गाउँघरमा घाँसदाउरा र डोकोनाम्लो गरेरै बित्थ्यो । बाल्यकालका प्रायः हरेक दिन शिरमा नाम्लो बोकेर र हातमा ठेला उठाएरै दिन बिताएका ढकालमाथि १६ वर्षको उमेरमा बुवाको निधनले पहाडभन्दा ठूलो जिम्मेवारी थपिदियो । गाउँमा आमाको खुशी र भाइबहिनीलाई अभिभावकत्व प्रदान गर्ने आधार नभेटेपछि चन्द्र २०४१ सालमा सपनाको सहर काठमाडौं छिरे । तर सपनाको यो सहर मिलानसार पक्कै थिएन । आफ्नो मात्र नभई गाउँमा आमा र भाइबहिनीको खर्च समेत जुटाउनु पर्ने जिम्मेवारीले सधैं थिचिरहने उनलाई जागिर खान पर्छ भन्ने भूत तब सवार भयो जब गोजी रित्तियो । प्रविणता प्रमाण पत्र तह पढ्दै गरेका ढकाल जागिर खोज्ने क्रममा पेप्सीकोला कम्पनी पुगे । 

पेप्सीकोला कम्पनीबाट सुरु भयो व्यापारिक यात्रा 

जुँगाको रेखी भरखर बसेको एउटा किशोरको काठमाडौं यात्राको उद्देश्य घरपरिवारको आवश्यकता मात्र पूरा गर्ने थियो । आमालाई हरेक दशैंमा एउटा सारी र भाइबहिनीलाई दुई छाक खाना र उच्च शिक्षासम्मको अध्ययन, ढकालको उद्धेश्य योभन्दा फरक थिएन । 

काठमाडौं आउँदा पढ्दै काम गर्ने उद्देश्य बोकेका ढकालले केही समय जागिर नपाउँदा निकै गाह्रो भएको सुनाए । “सुरुमा काठमाडौं जस्तो ठाउँमा बिना जागिर बस्न निकै कठिन भयो,”  उनी भन्छन्, “जागिर खोज्दै भौतारिँदै हिँडेको केही समयपछि पेप्सीकोला कम्पनीमा काम पाए ।” 

पेप्सीकोलामा उनले धेरै समय काम गरेनन् । उनले छोटो समयमै भविष्यको सफल व्यवसायी बन्ने बाटोमा पाइला भने राखे ।

पेप्सीकोलामा उनले धेरै समय काम गरेनन् । उनले छोटो समयमै भविष्यको सफल व्यवसायी बन्ने बाटोमा पाइला भने राखे । व्यापार–व्यवसायबाट नै केही गर्न सकिन्छ भन्ने सोच ढकालमा यहीँबाट पलाएको हो । त्यसका लागि पूँजी चाहिन्थ्यो जुन उनीसँग थिएन । पेप्सीकोला कम्पनीमा केही वर्ष काम गरेर ढकाल राष्ट्रिय वाणिज्य बैंकमा सहायक लेखापालको जागिरे बने । भन्छन्, “बैंकमा काम गर्दा सबै कर्मचारी छुट्टी हुने बित्तिकै घर जान्थे तर म त्यहीँ बसेर राति ८–९ बजेसम्म काम गथ्र्ये र हरेक दिन केही नयाँ कुरा सिक्ने गर्थे ।” 

कार्गोबाट ढकालको व्यवसायी यात्रा सुरु 

चन्द्रले जागिरसँगै व्यवसाय शुरु गर्ने सोचे र २०४५ सालमा कोल्ड स्टोर खोले । भनिन्छ, पहिलो जागिर, तलब सधैं याद हुन्छ । आजका सफल व्यवसायी चन्द्र ढकाल त्यो बेलाको कोल्ड स्टोर आजसम्म पनि भुल्दैनन् । भन्छन्, “कोल्डस्टोर मेरो पहिलो व्यवसाय हो । म भुल्न सक्दिनँ । यही व्यवसायको जगमा म अहिलेको अवस्थासम्म आइपुगेको हुँ । कोल्ड स्टोरको व्यवसाय गरी त्यसबाट अनुभव लिएर २०४८ सालमा कार्गोको बिजनेस शुरु गरे । जागिर र व्यवसायसँगै लौजान नसकेपछि वाणिज्य बैंकको जागिर छोडेर पूर्णरुपमा व्यवसायमा लागे ।” 

“अरु माध्यम नभएपछि बैंकबाट नै पैसा पठाउँथे तर त्यो पैसा झिक्न महिनौँ अथवा वर्षौँ लाग्थ्यो । कतिपय मान्छेहरुले पैसा नदिई भागेको कुराहरु पनि सुन्नमा आउँथ्यो ।”

सरकारले सन् २००१ मा वैदेशिक रोजगारीकालागि मलेसिया खुला गर्यो । जुन बेला चन्द्र कार्गोको व्यापार गर्थे । कार्गो व्यवसायको सिलसिलामा अमेरिका उड्ने योजना बनाएका उनी पहिले जापान पुगे । जापानको ८ महिना बसाइका क्रममा चन्द्रलाई नेपालमा रहेकी आमाको हातमा दुईचार हजार पढाउन हम्मेहम्मे पर्यो । त्यो बेला विदेशमा हुने नेपालीले बैंकबाट मात्रै नेपालमा रकम पठाउन सक्थे । तर लामो प्रक्रियाका कारण रकम झिक्न महिनौं लाग्थ्यो । नेपालमा विदेशबाट पैसा भित्रिने कुनै कानूनी प्रावधान थिएन । उनले भने, “अरु माध्यम नभएपछि बैंकबाट नै पैसा पठाउँथे तर त्यो पैसा झिक्न महिनौँ अथवा वर्षौँ लाग्थ्यो । कतिपय मान्छेहरुले पैसा नदिई भागेको कुराहरु पनि सुन्नमा आउँथ्यो ।”

यही समस्या ढकालका लागि अवसर बन्यो । सूर्योदयको देशमा रहँदा उदाएको योजनालाई कार्यान्वयनमा ल्याउँदै ढकालले नेपालमा पहिलो पटक ‘इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई)’ स्थापना गरे । अनि सुरु भयो, ढकालको चमत्कारिक यात्रा । आईएमई अन्य देशबाट मात्र नभई नेपालमै पनि एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन धेरै सजिलो माध्यम बन्यो । ढकाल भन्छन्, आईएमई रेमिट मैले सोचेको भन्दा पनि धेरै माथि पुग्न सफल भयो । रेमिट्यान्सको ब्रान्ड भनेकै नेपालमा आइएमई मात्र हो जस्तो लाग्यो । आजको दिनमा पनि नेपालका विभिन्न ठाउँमा पैसा पठाउनका लागि आइएमई पहिलो रोजाईमा पर्छ । यो नै मेरो सफलता हो । हाल आइएमई ग्रुपसँग सम्बद्ध दुई दर्जन भन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरु नेपालसहित विश्व बजारमा स्थापित छन् । 

ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।

ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजार जना भन्दा बढी प्रत्यक्ष र ४० हजार जना भन्दा बढीको संख्यामा अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ । ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमुलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ । यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बीमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरु बजारमा प्रतिस्पर्धी र गतिशील छन् । 

ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजीटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरुमा आइएमई ग्रुपको प्रमुख हिस्सेदारी छ । 

President Bhandari's family tour to Chandragiri [photo feature]

ढकाललाई चिनाउने दुई नामः आईएमई ग्रुप र चन्द्रागिरि

आईएमई ग्रुपले आईएमई लाइफ इन्स्योरेन्स, आईएमई पे, आईएमई जनरल इन्स्योरेन्स, आईएमई मोटर्स, आईएमई अटोमोबाइल्स, पर्यटन र हाइड्रोपावर सञ्चालनमा ल्याएको छ ।

ढकाल व्यवसायमा संलग्न भएको चार दशक हुनै लाग्यो । यस अवधिमा उनले धेरै संघर्ष गरे । त्यहीँ संघर्षको परिणामस्वरुप अहिले उनी नेपालकै सफल उद्योगीका रुपमा चिनिन्छन् । आईएमई ग्रुप र चन्द्रागिरी हिल्स प्रालि भन्ने वित्तिकै जोकोहीले चन्द्र ढकालको नाम लिन्छ । उनले २०५६ सालमा आईएमई ग्रुप र २०७२ सालमा चन्द्रागिरि हिल्स सञ्चालनमा ल्याएका हुन् । आईएमई ग्रुपले आईएमई लाइफ इन्स्योरेन्स, आईएमई पे, आईएमई जनरल इन्स्योरेन्स, आईएमई मोटर्स, आईएमई अटोमोबाइल्स, पर्यटन र हाइड्रोपावर सञ्चालनमा ल्याएको छ । यहीँ ग्रुपले सबै प्रदेशमा केबलकार सञ्चालनको तयारी गरेको छ । नवलपुरको मौलाकालिमा बैशाख १ गतेबाट केबलकार सञ्चालन भएको छ भने अन्य स्थानमा कतै बन्दैछन् त कतै बन्ने योजनामा छन् । 

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तब्य निर्माणमा सक्रिय छन् । ठूलो व्यवसायका रूपमा सञ्चालित चन्द्रगिरि हिल्ससँग पनि ढकालको पहिचान जोडिएको छ । थानकोट–चन्द्रागिरिमा केबुलकारसँगै फन पार्क, भ्यू टावर र रिसोर्ट सञ्चालनमा छन् । आफ्ना व्यवसायबाट ढकालले हजारौंलाई रोजगारी दिएका छन् भने नेपालको अर्थतन्त्रमा पनि ठूलो योगदान पुर्याएका छन् । सफलताको एकपछि अर्को सिँढी उक्लिँदै उनले जीवनमा कयौँ सफलता हात पारिरहेका छन् । उनले स्थापित गरेको चन्द्रागिरि केवलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । 

सफलताको एकपछि अर्को सिँढी उक्लिँदै उनले जीवनमा कयौँ सफलता हात पारिरहेका छन् । 

नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय  योगदान छ । विदेशमा कमाएको रकम वैधानिक माध्यमबाट देश पठाउँदा लाखौं श्रमिकहरु अनावश्यक झन्झट र ठगी हुनबाट जोगिएका छन् । औपचारिक माध्यम मार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रुपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित भएका छन् । यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ ।

ऊ बेला १६ वर्षे किशोरलाई काठमाडौंमा आधारभूत कुरा पुरा गर्न पनि धेरै गाह्रो भएको सम्झदै उनी भन्छन्, “तर पनि कामप्रति मेरो इमान्दारिता नै मेरो सफलताको जग हो । हामीले आमपब्लिकले चाहेको, सरकारले चाहेको र त्यो आफैमा व्यवसाय भएकाले काम गर्दै जाँदा आज यो स्थानमा छौँ । अर्को कुरा भाईको साथसहयोग र म्यानेजमेन्ट टिमको सर्पोटले पनि सफल बनायो ।” 

२०७२ को भूकम्प र कोभिड–१९ को महामारी तथा अन्य विपद्का समयमा समेत उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गर्न समेत अध्यक्ष ढकालले अग्रसरता लिँदै आएका छन् । कोभिड–१९ मा आइएमई ग्रुपले भरोसा कोष स्थापना गर्दै करोडौं रुपैयाँ बराबरको सहयोग गरेको थियो । ग्रुपले वैदेशिक रोजगारीमा रहँदा कोभिड १९ बाट मृत्यु भएका श्रमिकका परिवारलाई नगद सहयोग समेत गरेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रुपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो ।

वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ ।

अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिण बाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन् । महासंघको नव–निर्वाचित अध्यक्षको रुपमा ढकालले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी पर्वद्धन सँगसगै निजी क्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेका छन् । 

वरिष्ठ उपाध्यक्षको कार्यकालमा हरेक प्रदेशमा कम्तीमा एउटा ठूलो पूर्वाधारमा लगानी गर्ने अध्यक्ष ढकालको लक्ष्य पूरा हुनै लागेको छ । महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन  प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य समेत अध्यक्ष ढकालको छ । 

अध्यक्ष ढकालले उद्यम व्यवसाय तथा लगानीगर्दा तीनवटा सिद्धान्तलाई सधै प्राथमिकतामा राख्ने गरेका छन् । पहिलो, आम जनतालाइ सिधै फाइदा वा सेवा पु-याउने, दोस्रो सरकारको प्राथमिकताको क्षेत्र र तेस्रो, व्यावसायिक सम्भावनाको क्षेत्र ।

हेर्नुहाेस्, भिडियाे-

 

Logo