कालीमाटी फलफूलतथा तरकारी बजार विकास समितिले आज(बुधवार)का लागि तरकारी तथाफलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार,नेपाली ठूलो गोलभेँडा ३०, भारतीय ठूलो गोडभेँडा प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा ५ रुपैयाँ,रातो आलु ४० रुपैयाँ, सेतो आलु ३० रुपैया स्थानीय काउली ५० रुपैयाँ, लोकलबन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ४०,मकै बोडी ४०,लोकल घिउ सिमीलोकल ३०, राजमासिमी ८०, भटमासकोशा १४०, मटरकोशा १८०, तितो करेला ४०, लौका ६०, परवललोकल ५०, पाकेको फर्सी ३०, डल्लो फर्सी हरियो ४०, घिरौंला ३०, भिण्डी ५०, स्कूस ४०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३००, कुरीलो २५०, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
चमसूरको साग १००, पालुंगो साग १००, मेथिको साग १००, तोरीको साग४० हरियो लसुन६०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ २०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो ४०,दसहरी आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, स्याउझोले २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२०, जुनार २०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख गरेको छ ।





























प्रतिक्रिया