काठमाडौं ।
आजभन्दा ठीक एक महिना अघि वलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका थिए । सुशान्तको मृत्युको खबरले सबैलाई आश्चर्य चकित बनाएको छ । यो आघात उनकी प्रेमिका रिया चक्रवर्तीलाई सुशान्तको परिवार र प्रशंसकहरु जत्तिकै छ । सुशान्तको बिदाइ भएको एक महिनापछि रियाले सुशान्तलाई भावनात्मक शब्द लेख्दै फोटोहरुसहित इन्स्टाग्राममार्फत आफूलाई माया गर्ने मान्छे गुमाउनुको पीडा व्यक्त गरेकी छिन् ।

रियाले आफ्नो दुखाई यसरी लेखेकी छिन् , ‘अझै पनि आफ्नो भावनासँग संघर्ष गरिरहेकी छु । मेरो हृदय कहिल्यै नभर्ने गरि खाली र शून्य भएको छ । तपाईं एक त्यस्तो व्यक्ति हो जसले मलाई प्रेममा विश्वास र शक्ति दिनुभयो । तपाइँले मलाई कसरी एउटा साधारण गणित सूत्रले जीवनको अर्थ बुझाउँन सक्छ भन्ने सिकाउँनु भयो । म तपाइँलाई वचन दिन्छु मैले तपाईंबाट हरेक दिन सिकिरहनु पर्छ । तर, म तपाईं कहाँ कहिल्यै आउने छैन ।
मलाई थाहा छ तपाईं अब शान्तिमय ठाउँमा हुनुहुन्छ । खुला हातले चन्द्रमा, ताराहरु र आकाशगंगाहरुले तपाईं जस्तो महान् भौतिक विज्ञलाई स्वागत गर्दछन् । तपाईं अब सनसनी र खुशीले भरिएको आकाशमा एक चम्किलो तारा हुनुहुन्छ । म मेरो सुटिङ स्टारको लागि कुर्नेछु , जसले मलाई तपाईंमा फिर्ता ल्याउन मेरो इच्छा स्वीकार गर्न सक्दछ ।
संसारले अचम्म आँखाले देख्न प¥यो, तपाई सबैभन्दा राम्रो व्यक्ति हुनुहुन्थ्यो । मेरा शब्दहरुले हाम्रो प्रेम व्यक्त गर्न सक्दैनन् । र मलाई लाग्छ कि तपाईं वास्तवमै यसको मतलब के हो भनेर जान्नु हुन्थ्यो । तपाईं खुला मनले सबैलाई मन पराउनु हुन्थ्यो र अब तपाईले मलाई देखाउनु भयो कि हाम्रो प्रेम वास्तवमै अगाढ छ । अब तपाईं शान्तिमा सुखी खुशी रहनुहोस् । ३० दिन बितिसकेको छ तपाई हराउनु भएको तर, यहाँ प्रेम जिन्दगी बाँकी रहेको छ । सधैं म सँग सम्पर्कमा रहनुहोस् । अनन्तसम्म र त्यस पछाडि पनि ।’

यस बाहेक रियाले एकदिन अघि मात्र उनको व्हाट्सएप डीपी परिवर्तन गरिन् । जुन महिनामा उनीहरु दुबै खुशी देखिन्थे । रियाले डिपीमा सुशान्तसँगको फोटो राखिन् । यो फोटो सुशान्त र रियाले अहिलेसम्म सोसल मिडियामा कतै पनि सार्वजनिक गरेका थिएनन् ।
रिया चक्रवर्तीलाई सुशान्तको मृत्युको सम्बन्धमा मुम्बई प्रहरीले करिब ११ घण्टा सोधपुछ गरेको थियो । प्रहरीले रियालाई सुशान्तसँगको सम्बन्ध, झगडा, फोन कल, सन्देश र सुशान्तको उदासिनताबारे सोधिएको थियो । रियाका भाई सोनिज चक्रवर्तीलाई पनि केरकार गरिएको थियो । वास्तवमा रिया र सोनिज दुबै सुशान्तको स्टार्टअफ कम्पनीमा डाइरेक्टर र एडिशनल डाइरेक्टर पदमा थिए ।
रिया सुशान्त विवाह गर्न लागेका थिए
सुशान्त र रियाको विवाहको समाचार रियाको सम्पत्ति डिलर सन्नी सिंहले पुष्टि गरेको थियो । सन्नीका अनुसार, ती दुई जना केही दिनको लागि सँगै बस्न खोज्दै थिए । रियाले सन्नीलाई घर खोज्दै गरेको पनि जानकारी दिएका थिए । छिमेकीहरुले सुशान्तको राती रातीको पार्टी बारे गुनासो गरेपछि उनले दुई पटक घर बदलेका थिए । सन्नीका अनुसार, सुशान्तले आत्महत्या गरेको घर सम्भवतः दुबैले लिएका थिए ।































प्रतिक्रिया