एनआईसी एशिया क्यापिटल र अगम फूड इण्डष्ट्री प्रालिबीच क्यापिटलको आइडिइएओ टु आइपिओ सेवा उपलब्ध गराउने सम्बन्धी दुईपक्षिय सम्झौता भएकाे छ ।
अगम फूड इण्डष्ट्री प्रालिलाई संस्थागत परामर्श सेवा, प्राइभेट प्लेसमेन्टबाट कम्पनीलाई आवश्यक पर्ने फण्डको व्यवस्था गरिदिने सहित अगम फूड इण्डष्ट्रि प्रालिलाई पब्लिक कम्पनीमा परिणत गराई आगामी दिनमा आईपीओ जारी गर्ने चरणमा पु-याई भविष्यमा सर्वसाधारणहरुमा साधारण शेयरको सार्वजनिक निष्कासन गरिदिने सम्मको सेवा प्रदान गर्नको लागि एनआईसी एशिया क्यापिटल लिमिटेड र अगम फूड इण्डष्ट्री प्रालिबीच सम्झौता भएको हो ।
अगम फूड इण्डष्ट्री प्रालि नेपालको सबैभन्दा ठूलो स्टीम राइस मिल उद्योगमध्ये एक हो । उक्त राइस मिल उद्योग सन् २००५ देखि भरतपुर वडा नं. १३, चितवनमा उद्योग स्थापना गरी नियमित रुपमा आफ्नो उत्पादन देशको विभिन्न भु–भागमा बिक्री वितरण गर्दै आइरहेको छ । स्वदेशी किसानहरुबाट धान खरिद गरी चामल उत्पादन गरी चामलको आयात घटाइ राष्टिय अर्थतन्त्रलाई जोगाउने मुख्य उद्देश्यका साथ संचालन गरिएको अगम फूड इण्डष्ट्रिले आगामी दिनमा अत्याधुनिक प्रविधिको प्रयोग मार्फत आफ्नो उत्पादनलाई नेपालभर विस्तार गरी उपभोक्ताहरुलाई सहज, सर्वसुलभ, गुणस्तरीयका साथैसुपथ मुल्यमा चामल लगायत अन्य उत्पादनहरु उपलब्ध गराउने लक्ष्य लिएको छ ।































प्रतिक्रिया