नेपालमा लैंगिक असमानताको ठूलो खाडल छः अध्यक्ष दाहाल

नेपालमा लैंगिक असमानताको ठूलो खाडल छः अध्यक्ष दाहाल

केन्द्रबिन्दु
0
Shares

नेपाल अपाङ्ग महिला संघका अध्यक्ष टिका दाहालले नेपाली समुदायमा अपाङ्गता भएका व्यक्तिबीच पनि लैंगिक असमानताको ठूलो खाडल भएको बताएकी छन् । 

बुधवार काठमाडौंमा आयोजित अपाङ्गता भएका व्यक्तिहरुको अधिकारमा राष्ट्रिय सम्वाद कार्यक्रममा अध्यक्ष दाहालले अपाङ्गता भएको छोरी हुनेवित्तिकै उसले बहुविभेदको सिकार हुन पर्ने अवस्था भएको बताएकी हुन् । ‘अपाङ्गता भएका व्यक्तिहरु आफैं हरेक क्षेत्रमा आफ्नो विकासको लागि राष्ट्रको योगदानको लागि जुट्नु नै कोशेढुंगा नै हो ।  हाम्रो अपाङ्गता क्षेत्रमा लगानी हुने कुरा पनि छोटो समयको लागि जस्तो देखिन्छ त्यो दिर्घकालिन हुँदैन् । जसले बोल्न सक्छ त्यो व्यक्ति मात्र अगाडि आएको र बोल्न नसक्ने व्यक्तिहरु भने सधै उही अवस्थामा छ । अपाङ्गताभित्र पनि लैंगिक असमानताको ठूलो खाडल छ । अपाङ्गता भएको छोरी हुने वित्तिकै उसले बहुविभेदको सिकार हुन परेको छ । हिंसा लुकाएर दबाएर राख्नुपर्ने कुरा छ ।’

अध्यक्ष दाहालले अपाङ्गताको क्षेत्रमा जति काम सरकार पक्षबाट हुनु पर्ने हो त्यो काम पूर्ण तरिकाले नभएको टिप्पणी गरेकी छन् । न्यायको लागि न्यायलय सम्म पुग्दा र पुगिसकेपछि पनि विभिन्न गाह्रो परिस्थतिहरु भएको उनको भनाई छ ।

Skip This
Skip This
Logo