आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक छः प्रधानमन्त्री दाहाल

आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक छः प्रधानमन्त्री दाहाल

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु आवश्यक भएको बताएका छन्  । 

बुधवार दाङको बेलझुण्डीमा आज आयोजित नेपाल संस्कृत विश्वविद्यालयको विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाल र भारतबिच खुल्ला सीमाना र ऐतिहासिक सांस्कृतिक सामीप्यका कारण जनस्तरमै गहिरो सम्बन्ध भएको र त्यसले मुलुकमा समृद्धिमा हित पुग्ने काम भएको बताएका हुन् । 

‘नेपाल र भारतबिच दुई असल छिमेकीको सम्बन्ध मात्र होइन, खुल्ला सीमाना र ऐतिहासिक सांस्कृतिक सामीप्यका कारण जनस्तरमै गहिरो सम्बन्ध छ । मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्रीज्यूको मैत्रीपूर्ण निमन्त्रणामा म पनि केही दिनअघि भारत भ्रमणमा गएको थिएँ । त्यहाँ प्राप्त सम्मान र आतिथ्यलाई मैले नेपालप्रतिको भारतको सम्मान र अपनत्वका रूपमा लिएको छु । यतिबेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागिपरेका छौँ । मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यत्तिकै आवश्यक छ ।’

उनले वर्तमान सरकार नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवर्धनका लागि विश्वविद्यालयहरूबिच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको बताएका छन् । विश्वविद्यालयहरूको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै विश्वविद्यालयको पाठ्यक्रमलाई समयसापेक्ष बनाउने कुरालाई नेपाल सरकारले आफ्नो नीति कार्यक्रमभित्र समेटेको उनको भनाई छ । 

Skip This
Skip This
Logo