अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ

अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन्। उनीहरूलाई बुधबार पक्राउ गरिएको हो।

दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरेर औषधि बिक्री वितरण गर्दै आएका नौ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतराज गिरीले जानकारी दिए।

‘नौ भारतीय नागरिकलाई औषधिसहित नियन्त्रणमा लिएका छौँ’, उनले भने-’उनीहरूमाथि अनुसन्धान गरी कारबाहीका लागि स्वास्थ्य विभाग पठाउँछौँ।’ पक्राउ पर्नेमा भारतको उधमसिंह नगरका सञ्जय विश्वास, कार्त्तिक सरदार, रवि विश्वास तथा भारत पिलिभितका ४६ वर्षीय राजेश विश्वास, ४५ वर्षीय सन्तोष सरकार, ४४ वर्षीय सुधान्सु हल्दार, र भूपेन्द्र पुरी रहेका छन ।

Skip This
Skip This
Logo