‘दीपा दिदीले अपराधै गर्नु भएछ, अब छुट्ने बेला भएन ?’-जितु नेपाल

‘दीपा दिदीले अपराधै गर्नु भएछ, अब छुट्ने बेला भएन ?’-जितु नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

कलाकार दीपाश्री निरौलाले महानायक राजेश हमाल बारे दिएको प्रतिक्रियाको चर्चा परिचर्चा अझै सकिएको छैन । दीपाश्रीले भन्न खोजेको कुरा जे भए पनि उनको बडील्याङ्ग्वेज ले गर्दा धेरैको गाली खानु पर्यो । धेरैले उनमा अहंकार बढेको आरोप पनि लगाई नै रहेका छन् । तर दीपाश्रीले यस कुराको स्पष्टिकरण दिँदै माफी समेत मागि सकेकी छिन् ।

यस काण्डमा दीपाश्रीसँग निकट कलाकारहरुले सुरुमा कुनै प्रतिक्रिया नदिए पनि पछिल्लो समय भने एक पछी अर्कोले आफ्नो बिचार पोख्न थालेका छन् । सुरुमा दीपाकै जोडी भनेर चिनिने निकट कलाकार दिपकराज गिरिले सामाजिक संजालमा व्यंग्यात्मक स्टाटस मात्रै लेखेका थिए । तर पछिल्लो समय भने भिडियो नै सार्बजनिक गर्दै स्पष्ट विचार नै राखेका छन् ।

दिपकराज पछी माग्ने बुढा भनेर चिनिने केदार घिमिरेले पनि आफ्नो विचार लेखिसकेका छन् । त्यसै गरि आज पनि अर्का चर्चित कलाकार जितु नेपालले पनि यस काण्डबारे आफ्नो भावना प्रकट गरेका छन् । उनले आफ्नो विचारलाई यस काण्डको अन्त्य पनि भनेका छन् ।जितु लेख्छन – ‘विभिन्न अपराध गर्नेहरुलाई पनि जेल हालिन्छ तर अपराधको प्रकृती हेरेर छुट्छन नी हैन…? ल दीपा दिदीले अपराधै गर्नु भएछ, अब छुट्ने बेला भएन..? ”

हुन पनि दीपाश्रीले अन्तर्वार्ता दिएकै २-३ हप्ता बितीसक्यो तर उनलाई सामाजिक संजालमा गाली गलौजको बर्षा अझै सम्म रोकिएको छैन । त्यसैलाई इंगित गर्दै हास्य कलाकारकै हैसियतमा जितु थप लेख्छन् – ”सम्पूर्ण गाली अध्यायहरु आजैबाट समाप्त भएको घोषणा गर्न चाहन्छु। ईतीश्री..दीपाश्री..अन्तर्वार्ताखन्डे श्रावण महात्तमे छक्कापन्जा समूह गाली अगस्ते समाप्तम सुभम………”

जितु नेपालको पुरा बिचार तल जस्ताको त्यस्तै :”सबै अध्याय सकिएपछि ईतीश्री म गर्छु है….
हाम्रो समुह को तर्फबाट आ-आफ्ना भनाई, क्षमा मगाई, आईसकेपछि मेरो पनि त केही धारणा राख्न पर्यो, अन्तिम अन्तिममा अली अली गाली त खानै पर्यो, परेन….? सबै भन्दा पहिले हामी बिगत लामो समयदेखि सँगै काम गरिरहेकोले दीपा दिदीले बोलेका कुराको मैले पनि जिम्मेवारी लिनु पर्छ, त्यसैले म आदरणिय महानायक राजेश हमाल दाईसँग माफि चाहन्छु, साथै राजेश दादाका सम्पूर्ण शुभ-चिन्तक दर्शकज्युहरु प्रतीपनि क्षमा चाहन्छु ।

यहि बिषयलाई लियर हामीलाई सजक गराउने, हामीले बाटो बिरायौकी भनेर सम्झाउने आदरणिय सिनीयर कलाकारहरु, दर्शकज्युहरु प्रती दुई हात जोडि नमन गर्न चाहन्छु। अहिलेको प्रबिधि को उच्चतम प्रयोग गरि हामीलाई गाली गर्ने, सल्लाह दिने, सजग गराउने, सम्पूर्ण आदरणिय दर्शकज्युहरु प्रति सदा आभारी छौ।तर बेला यहि हो यहि बेलामा कसैलाई सिध्याउन पर्छ भनेर अत्यन्तै अपशब्द, तल्लो स्तरको गाली,तुच्छ वचन,अस्लिल छाडा गाली गर्नुहुने आदरणिय ज्युहरुलाई चाहिँ एउटा कुरा भन्न चाहे, हरेक कुरामा नकारात्मक हुने, छाडा शब्द लेख्ने,बोल्ने बानी भनेको खैनि, चुरोट र सराबको नसा जस्तै हो ।

जसरी खैनि, चुरोट,र रक्सि खानेलाई नै असर गर्छ यस्ता बानीले पनि तपाईलाई नै असर गर्छ अरुलाई गर्दैन। त्यसैले यस्ता बानी छोड्न म सबैलाई बिनम्र अनुरोध गर्दछु। दीपादिदीले बोल्दा गल्ती गरेकै हो यसको महसुस स्वयम् उहाँले नि गरिसक्नु भएको छ र माफि पनि मागीसक्नु भयो त्यसैले अब उहाँलाई राम्रो काम गर्ने उत्साह दिउँ, सर सल्लाह दिउँ, हौसला दिउँ । विभिन्न अपराध गर्नेहरुलाई पनि जेल हालिन्छ तर अपराधको प्रकृती हेरेर छुट्छन नी हैन…? ल दीपा दिदीले अपराधै गर्नु भएछ, अब छुट्ने बेला भएन..?

फेरि पनि दुई हात जोडि बिन्ति गर्छु आदरणिय भगवान रुपि दर्शकज्युहरु हामीले तपाईहरुलाई भगवान माने पछि तपाईहरुले पनि भक्त सम्झेर क्षमा नदिने…? मैले यो कुरा किन यति ढिलो लेखेको भनेर पनि कुरा उठ्ला म उमेरका हिसाबले, पपुलरका हिसाबले, कामका हिसाबले यो समुहको सबैभन्दा सानै हुँ, र म दाजुभाईमा पनि छ जना दाई र दिदीको कान्छो भाई नै हुँ, त्यसैले कान्छोको पालो लास्टमै आउँछ। मैले यति लेख्दा अझै पनि केही गल्ति भएमा क्षमा माग्दै सम्पूर्ण गाली अध्यायहरु आजैबाट समाप्त भएको घोषणा गर्न चाहन्छु। ईतीश्री..दीपाश्री..अन्तर्वार्ताखन्डे श्रावण महात्तमे छक्कापन्जा समूह गाली अगस्ते समाप्तम शुभम………!

Logo