कुमारी बैंकको १ लाख ४६ हजार २८३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बिहीबार अन्तिम दिन रहेकाे छ। बिहीबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्ने छन्।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नु पर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्ने छन्। बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौँमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।




















