संसद् भवन महिलाका लागि सुरक्षित छैनःअस्ट्रेलियाली सांसद थोरपे

संसद् भवन महिलाका लागि सुरक्षित छैनःअस्ट्रेलियाली सांसद थोरपे

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलियाकी एक महिला सांसदले आफ्नी सहकर्मीमाथि यौन उत्पीडनको गम्भीर आरोप लगाएकी छन्।

सांसद लिडिया थोरपेले रुँदै संसद भवन महिलाका लागि सुरक्षित ठाउँ नभएको बताइन्। सिनेटको सम्बोधनमा महिला सांसदले आफ्नो कुरा रूँदै राखेकी हुन्। महिला सांसदले अहिले संसद भवनकाे कोठाबाट बाहिर निस्कँदा पनि धेरै कुरामा ख्याल गर्नुपर्ने अवस्था आएको बताइन्।

थोरपेले बिहीबार संसदमा जानकारी दिए अनुसार उनीमाथी संसदमा केही शक्तिशाली व्यक्तिहरूले अभद्र टिप्पणी गरेका थिए। उनलाई सिँढीको छेउमा अनुपयुक्त रूपमा छुने काम गरेका थिए। उनका अनुसार साे कार्य कन्जरभेटिभ पार्टीका सांसद डेभिड भानले यस्ताे गरेका हुन्। थोरपेका अनुसार उनलाइ सहकर्मी सांसद माथी लगाएको आरोप फिर्ता लिन दबाब दिएको समेत बताइन।

तर, सांसद भानले भने थाेर्पले लगाएको यौन उत्पीडनको आरोप अस्वीकार गर्दै आएका छन्। सहकर्मी सांसद थोरपेले लगाएको यौन दुर्व्यवहारको आरोपबाट आफू स्तब्ध भएको उनकाे प्रतिक्रिया छ। साथै,उनले थाेर्पले लगाएका सबै आरोप झुटा भएकाेसमेत सञ्चारकर्मीलाई बताएका छन्।

यद्दपी, थोर्पको आरोपपछि लिबरल पार्टीले डेभिड भान्कोलाई निलम्बन गरेको थियो। जानकारीका अनुसार यस विषयमा डेभिड भानलेले वकिलको पनि सहयोग लिएका छन्।

सांसद थोर्पले यस प्रकारको यौन दुव्यर्वहार सिकार भएका धेरै महिला सांसदहरू रहेको दाबी गरेकी छन्। ती सांसदले भनिन्,‘मानिसहरूले मलाई लगातार पछ्याए। मलाई धेरै प्रस्तावहरू दिइयो र अनुपयुक्त रूपमा छुइयो।’ उनका अनुसार संसद बाहिर निस्कन पनि डराउनुपर्ने अवस्था देखियो।

बाहिर निस्कनुअघि अलिकति ढोका खोल्ने र बाटो खुलेपछि मात्र बाहिर निस्कने गरेको उनले बताइन्। उनले थप भनिन्,‘धेरै पटक यस्तो अवस्था आयो कि मलाई बाहिर जानको लागि साथ दिने अब कोही चाहिन्छ।'

Skip This
Skip This
Logo