न्यायालयलाई विकृतिविहीन नबनाएसम्म बारको आन्दोलन रोकिँदैनः अध्यक्ष घिमिरे

न्यायालयलाई विकृतिविहीन नबनाएसम्म बारको आन्दोलन रोकिँदैनः अध्यक्ष घिमिरे

केन्द्रबिन्दु
3
Shares

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपाल कृष्ण घिमिरेले नेपाल बार विकृतिविहीन न्यायपालिकाको पक्षमा रहेको प्रष्ट पारेका छन् । 

राष्ट्रिय स्वतन्त्र कानून व्यवसायी मञ्चले नेपाल बार एसोसिएसनमा दलीय सिण्डिकेट हावी भएको भन्दै बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष घिमिरेले विकृतिविहीन न्यायपालिकाको अभियानमा सदैव लागिरहने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘मञ्चले उठाएको माग हाम्रो पनि माग हो, सुधारको मुद्दा बोकेर अघि बढेका छौं, हामी विकृति विहीन न्यायपालिका, भ्रष्टाचारविहीन न्यायपालिका बनाउनको लागि हामी लागिपरेका छौँ । नेपाल बार एशोसियशनको यो एउटा अभियान हो । यो कुनै व्यक्तिको अभियान हुन सक्दैन । त्यसैले गर्दा हिजोदेखि सुरु भएको बारको आन्दोलन, आज पनि जारी छ, भोलि हाम्रो कार्य समिति रहँदासम्म चल्ने छ र पछि पनि चल्ने छ । यो सधैँ बगिराख्ने एउटा अभियान हो । जति बेलासम्म न्यायालय शुद्ध हुदैँन् र सक्षम व्यक्तिहरुद्धारा न्यायालय अगाडि बढ्दैन । त्यति बेलासम्म हाम्रो अभियान चल्छ ।’ 

मञ्चले नेपाल बार एसोसिएसनमा सदस्य हुनका लागि सिफारिस गर्नुपर्ने व्यवस्था र दलीय सिन्डीकेटका विरुद्धमाउक्त ज्ञापन पत्र बुझाएका हुन् । 

मञ्चको ज्ञापनपत्रमा नेपाल बारको अभियानसँग सम्बन्धित विषय नैसमावेश भएको भन्दै अध्यक्ष घिमिरेले यो सबैको साझा विषय भएकोले यसलाई पूरा गर्न लागि पर्ने प्रतिवद्धता जनाए। उनले न्यायको पक्षमा स्वतन्त्र भएर काम गर्ने र न्यायपालिकाको हकको रक्षाको लागि काम गर्ने व्यक्तिहरुले कुनै राजनीति पार्टीको कार्यक्रममा सहभागीभएर बोल्न नहुने पनि धारणा पनि राखे । 

Skip This
Skip This
Logo