‘ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं’ : डा. भट्टराई

‘ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ, उपचार खोजौं’ : डा. भट्टराई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपालका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब छाडा छोड्नु खतरनाक हुने भन्दै उपचार खोज्न आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले सोमबार दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले यस्तो बताएका हुन् ।

‘अयोध्या नेपालमा रहेको र राम नेपाली राजकुमार थिए’ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति आएपछि भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

भट्टराईले लेखेका छन् , ‘अति गरे खति हुन्छ भन्छन् , प्रधानमन्त्री केपी ओलीका वचन, कर्मले सीमा नाघ्दैछन् । संसदमा ‘सिंहमेव जयते’ र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश रसंकटकालको ‘खड्ग’ समेत वहाँको हातमा छ । अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ । उपचार खोजौं ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका थिए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताएपछि अहिले उनको अभिव्यक्तिको सबैतिरबाट आलोचना भइरहेको छ।

Logo