रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बम बेलारुस पुग्यो

रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बम बेलारुस पुग्यो

केन्द्रबिन्दु
0
Shares

रुसी राष्ट्रपछि भ्लादिमिर पुटिनले, रुसी आणविक हतियारहरू बेलारुस पुगेको पुष्टि गरेका छन् ।

गत मार्चमा पहिलो पटक बेलारुसमा आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका पुटिनले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दुरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै, प्रतिरक्षाका लागि भन्दै रुसले पनि बेलारुसमा आणविक हतियार तयारी अवस्थामा राखेको समाचार संस्थाहरूले जनाएका छन् ।

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले पनि अमेरिकासँग लड्ने योजना नभएको तर रणनीतिक हतियार मात्र आफ्नो लागि ठिक भएको बताएका छन् । लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा हेरिन्छ ।

Skip This
Skip This
Logo