एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले कर्जा उपलब्ध गराउने

एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले कर्जा उपलब्ध गराउने

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकले एमजीको विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा उपलब्ध गराउने भएको छ । 

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स र बैंकबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा बैंकका प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र पारामाउन्टका महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार पारामाउन्टले आयात गर्ने एमजीका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकले प्रभु बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । कर्जा बैंकका देशभर रहेका ३०१ वटै शाखाबाट उपलब्ध हुने बताइएको छ । 

Skip This
Skip This
Logo