केन्द्रबिन्दु एक्सप्रेसः आजदेखि काठमाडौँमा हिन्दी फिल्म नचल्ने [भिडियाेसहित]

केन्द्रबिन्दु एक्सप्रेसः आजदेखि काठमाडौँमा हिन्दी फिल्म नचल्ने [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

–काठमाडौँबाट उपत्यका बाहिर जाने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्र बाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्।

काठमाडौँ महानगरपालिकाले काठमाडौँ भित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउन असार १ गतेदेखि नयाँ बसपार्क भित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारीसाधन सञ्चालनकालागि ५६  टिकट काउण्टर थपिएको हो।

–किसानहरु तरकारीको उचित मूल्य नपाएको भन्दै विरोधमा उत्रिएका छन्। गोलभेँडाको उचित मूल्य नपाएको भन्दै आन्दोलित किसानले आइतबार विहानै कालिमाटी तरकारी बजार अगाडिको सडकमा गोलभेँडा फ्याँकेर विरोध गरेका हुन्।

तरकारीको उचित मूल्य नपाएका पीडित किसानले कृषि गरेर खान र बालबालिकालाई पढाउन पनि नपुगेको भन्दै शरिरमा पेट्रोल खनाएर मर्नुपर्ने अवस्था आएको बताएका छन्। उनले यस्तै चल्ने हो भने सबै किसानलाई फाँसि दिन सरकारलाई चेतावनी दिए।

–विद्यालय कर्मचारीले घोषणा गरेको देशभरका सामुदायिक विद्यालय बन्दसहितको आन्दोलनको कार्यक्रम स्थगित भएको छ। नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघका अध्यक्ष राशिकुमार केसी र नेपाल विद्यालय कर्मचारी युनियनका अध्यक्ष कमलप्रसाद खतिवडाले आइतबार विज्ञप्ति जारी गरेर विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि फिर्ता भएको जनाएका हुन्।

–सत्तारुढ नेकपामा ओवादी केन्द्रसहितका पाँच दलले असार ४ गते अर्थात सोमबार समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्।आइतबार बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकले मोर्चा घोषणाको मिति तय गरेको हो।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानका नेताहरुले असार ४ गते समाजवादी मोर्चा घोषणा गर्ने तय गरेका हुन् । 

– स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले मंकीपक्स भाइरस संक्रमण रोकथामका लागि देशभर १४ जना डाक्टरहरुलाई फोकल पर्सन तोको छ। मन्त्रालयका अनुसार झापाको भद्रपुरस्थित मेची अस्पताल, मोरङको कोशी अस्पतालका, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालका,वीरगन्जस्थितवीरगन्ज हस्पिटल, पोखरास्थित गण्डकी प्रादेशिक अस्पताल,चितवनको भरतपुर अस्पतालका, काठमाडौँस्थित वीर अस्पताल ,टेकु अस्पतालका, पाटन अस्पताल, बुटवलस्थित लुम्बिनी अस्पताल, नेपालगन्जस्थित भेरी अस्पताल,सुर्खेतस्थित सुर्खेत प्रादेशिक अस्पताल र धनगढीस्थित सेतीप्रादेशिक अस्पतालमा मंकीपक्सविरुद्धको फोकल पर्सन तोकिएको छ । 

–नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्यांक अनुसार गतवर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगञ्ज नाका हुँदै आयातहुने वस्तुको सूचीमा सबै भन्दा माथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ । पछिल्लो १०महिनाको तथ्यांक अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट रु १२ अर्ब ९६ करोड १० लाख बराबरको एक लाख आठ हजार तीन सय २८ किलो लिटर डिजल आयात भएको छ।  

–सगरमाथामा यो वर्षको वसन्त याममा ७५ टन फोहोर उत्पादन भएको छ। वसन्त यामको आरोहण सिजनमा सगरमाथा आधार शिविर र त्यो भन्दा माथि समेत गरी ७५ टन फोहोर उत्पादन भएको र त्यस मध्ये झन्डै ७० टन फोहोर सङ्कलन भएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले जनाएको छ । 

–काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ।  मेयर बालेन शााहले फिल्म आदिपुरुष’ बाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उक्त फिल्मबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय फिल्मलाई सोमबारदेखि निषेध गरिएको जनाएका छन् । 

–मनसुन भित्रिएसँगै बाढी/पहिरोका घटना पनि सुरु भएका छन्। गएको बुधवारदेखि पूर्वबाट भित्रिन सुरु भएको मनसुन बिस्तारै पश्चिमी क्षेत्रमा फैलिँदैछ।  मनसुन भित्रिएको पूर्वी क्षेत्र सङ्खुवासभा, पाँचथर र ताप्लेजुङमा लगातारको वर्षापछि आएको बाढी पहिरोले ठूलो क्षति गरेको छ ।

सङ्खुवासभामा बाढीले बगाएर १ जना र ताप्लेजुङमा पहिरोले पुरेर एक जनाको ज्यान गईसकेको छ भने २८ जना अझै बेपत्ता छन् बेपत्ताहरुको खोजि कार्य जारि छ ।  

–सहकारी पीडितले सरकारले आफ्ना मागको वेवास्ता गरेको गुनासो गर्दै सोमबार पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौँको माइतीघरमा विरोध प्रर्दशन गर्दै उनीहरुले सरकारले आफूहरुको समस्यालाई तमासाको रुपमा बुझेको भन्दै आक्रोस पोखे । सरकारले आफूहरुको गुमेको पैसा फिर्ता हुने ग्यारेन्टि गर्नु पर्ने पीडितको माग छ । 

Skip This
Skip This
Logo