कोशी सरकार र पहिचानवादीबीच वर्ता सुरू

कोशी सरकार र पहिचानवादीबीच वर्ता सुरू

केन्द्रबिन्दु
0
Shares

कोशी सरकार र आन्दोलनरत पहिचानवादीबीचको वर्ता सुरु भएको छ। विराटनगरस्थित बिग होटलमा डेढ घन्टा ढिलो गरी वर्ता सुरु भएको हो। 

सो बार्तामा सरकारकोतर्फबाट संयोजक खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित छन भने आन्दोलनरत पक्षको तर्फबाट गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङलगायत सहभागी रहेका छन्।

गत फागुन १७ मा बसेको प्रदेशसभा बैठकले प्रदेशको नाम ‘कोशी’ राखे पछि सो नामकरणविरुद्ध आन्दोलन शुरु भएको थियो, जुन आन्दोलनमा एकजनाको मृत्युसमेत भएको थियो ।

Skip This
Skip This
Logo