बीपीडब्लु लघुवित्तले २६ असारमा वार्षिक साधारण सभा बोलाएको छ। आइतबार बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन,नाफा नोक्सान,नगद प्रवाह विवरण लगायतमा छलफल हुनेछ।
साथै,आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ। सर्वसाधारण सेयरधनीहरु मध्येबाट दुईजना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव हुनेछ। सभाले सामुदायिक लघुवित्तसँग मर्ज हुने प्रस्ताव पनि पारित गर्नेछ।
सभा प्रयोजनका लागि संस्थाले १२ असारदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ। तसर्थ, ११ असारसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन्।































प्रतिक्रिया