‘कान नजिककाे मस्तिष्क विकास भएपछि बाँदरहरू मान्छेमा परिवर्तन’

‘कान नजिककाे मस्तिष्क विकास भएपछि बाँदरहरू मान्छेमा परिवर्तन’

केन्द्रबिन्दु
0
Shares

करिब डेढ करोड वर्षअघि बाँदरको मस्तिष्कमा यस्ता परिवर्तन आउन थालेका थिए, जसका कारण उनीहरुको मस्तिष्कले मानिसजस्तै काम गर्न थाल्यो। 

यी परिवर्तनहरूका कारण उसले आफूलाई ढाल्यो र जमिनमा धेरै समय बिताउन थाल्यो। ३ करोड ६० लाख वर्ष पुरानो खोपडीको अवशेषसँग हालको बाँदरको मस्तिष्कसँग तुलना गरेपछि वैज्ञानिकहरूले यो पत्ता लगाएका हुन्।

अष्ट्रेलियन नेसनल युनिभर्सिटीका वैज्ञानिकहरूले एउटा अध्ययनमा बाँदरहरूले आफूलाई वातावरणमा कसरी छाँटकाँट गर्छन् भन्ने रोचक अनुसन्धान गरेका छन्। अध्ययनको नतिजाले कान नजिकको क्षेत्रमा स्मृति र सञ्चारजस्ता कार्यहरूका लागि जिम्मेवार भाग पुरातन बाँदरहरूको मस्तिष्कमा सानो रहेको देखाएको छ।

जब कान नजिकको क्षेत्रफल बढ्न थाल्यो तब उनीहरुको मस्तिष्कको आकार पनि अन्य प्रजातिको जस्तै हुन थाल्यो। यसको मद्दतले उनीहरूले शिकारीको आवाज पनि चिन्न थाले। 

Skip This
Skip This
Logo