राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले ब्रोकर लाइसेन्समा आशंका उब्जिएको बताएका छन्। मंगलबार अर्थ समितिको बैठकमा वाग्लेले नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको थाहा भए पनि ब्रोकर लाइसेन्समा भने आशंका उब्जिएको बताए ।
“नयाँ स्टक एक्सचेन्जमा खुलमखुला चलखेल भएको हामी सबैलाई थाहा छ । हामीलाई पनि यो जानकारी आउँछ । बोर्डका अध्यक्षज्यूको कुरा सुन्दा ब्रोकर लाइसेन्समा भने आशंका उब्जियो,” उनले भने, “बाहिर मापदण्ड पूरा नगरेकालाई पनि लाइसेन्स दिएको भन्ने सुनिएको छ।”





























प्रतिक्रिया