नेपाली इभी बजारमा पछिल्लो समय ग्रेटावाल मोटर्सले उत्पादन गरेको नयाँ इलेक्ट्रिक कार ओरा ०३ भित्रिएको छ। यसअघि ओरा गुड क्याट नामले नेपाल आए पनि बिक्री शुरु नभएको यो कारलाई आधिकारिक वितरक भीजी इम्पेक्सले वुकिङ खुल्ला गरेको हो।
हेर्दा सानो ह्याचव्याक जस्तो देखिने यो कारलाई कम्पनीले रेट्रो मोर्डनिटी क्रसओभर भनेको छ। जसमा ४७.७ किलोवाट आवरको लिथियम आइरन फस्फेट(एलएफपी) व्याट्री प्याक र ९९ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेटिक सिंक्रोनस मोटर(पीएसएम) दिइएको छ। यसको पावर १३४ पिएस र टर्क २१० एनएम छ।
यसलाई एकपटक फूल चार्ज गरेपछि ४०० किलोमिटर गुडाउन सकिने दावी गरिएको छ । पावर र रेन्जको तुलना गर्नुपर्दा यो कार टाटा नेक्सन इभी र नेटा भी भन्दा शक्तिशाली रहेको प्रष्ट हुन्छ।
ओरा ०३ हाल बजारमा उपलब्ध इलेक्ट्रिक कारको तुलनमा पृथक लुक्स एवं डिजाइनका साथ आएको छ। एसी र डीसी दुवै चार्जर सपोर्ट गर्ने ओरा ०३ लाई एसी चार्जरको साहयतामा ८ घन्टाभित्र फुल चार्ज गर्न सकिन्छ भने डिसी चार्जरले ४६ मिनेटमा २० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसलाई १५२ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ।
यसमा ७ वटा एयरब्याग, एबीएसको साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्रयाक्सन कन्ट्रोल सिस्टम, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्ड, फ्रन्ट कोलिजन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सेफ्टी फिचर पाउन सकिन्छ । यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ।





























प्रतिक्रिया