नेपालका करण केसीले आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत अमेरिकाविरुद्ध एक ओभरमै २ विकेट दिलाएका छन् ।
जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकाविरुद्ध करणले दोस्रो ओभरको पाँचौँ बलमा र छैटौँ बलमा लगातार विकेट लिएका हुन् । उनले स्टेभेन टेलरलाई ४ रन र मुक्कामल्लालाई गोल्डेन डकआउट गरेका हुन् ।
दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ। यसअघि नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो। आजको खेलमा नेपाली टोलीमा घाइते सोमपाल कामीको स्थानमा बायाँ हाते स्पिनर ललितनारायण राजवंशी फर्किएका छन् ।





























प्रतिक्रिया