मैले न्याय नपाए अदालतप्रतिको आमजनताको भरोसा टुट्छः प्रेम चलाउने

मैले न्याय नपाए अदालतप्रतिको आमजनताको भरोसा टुट्छः प्रेम चलाउने

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत,काठमाडौँबाहिर प्रदर्शन भएको छ।

बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा सहभागीहरुले ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौँ’,‘न्याय हराए कहाँ जाने?’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन्।  उक्त प्रदर्शनमा सहभागी उपप्राध्यापक चलाउनेले आफूले न्याय नपाए अदालत प्रतिको आमजनताको भरोसा टुट्ने बताए। 

उनले भने ‘विचाराधीन मुद्दालाई अदालतबाटै निर्णय हुनदिनु पथ्र्यौ। यो त शक्तिको आडमा सीधा सीधा मुद्दा फिर्ता लिएर अप्रत्यक्ष रुपमा अदालतमाथि हस्तक्षेप गरेको हो। सरकारले यो मुद्दा तुरुन्तै फिर्ता लिनुपर्छ। मलाई न्यायदिनुपर्छ। मैले न्याय पाईन भने अदालत प्रतिको भरोसा टुट्छ।’ 

उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो। उनीमाथि आक्रमण गरेको अभियोगमा नेबि संघका हरि आचार्य, योगेन्द्र रावल लगायतविरुद्ध दायर भएको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ। सरकारले यही मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउनेले सोमबारदेखि अनशन सुरु गरेका छन्।

Skip This
Skip This
Logo