पुरुष साफ च्याम्पियनसिप फुटबलको १४ औँ संस्करण आज बुधबारबाट भारतमा सुरु हुँदैछ।बैंगलोरस्थित श्री कांतिराव स्टेडियम मा आयोजना हुने १४ औँ साफमा ८ राष्ट्रको सहभागिता रहेको छ।
यस संस्करणको च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा खेल्ने छन्।
साफको उद्घाटन खेलमा समूह 'ए' मा रहेको नेपालले आज बलियो टोली कुवेतविरुद्ध प्रतिस्पर्धा गर्नेछ।साविक उपविजेता समेत रहेको नेपाल र कुवेतबीचको उद्घाटन खेल नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ । यस्तै पहिलो दिन भारत र पाकिस्तानबीच समेत प्रतिस्पर्धा हुनेछ ।































प्रतिक्रिया