योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय हाेः राष्ट्रपति पौडेल

योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय हाेः राष्ट्रपति पौडेल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले योगलाई विश्वले ग्रहण गर्नु नेपालीका लागि खुसीको विषय भएको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवस ९जुन २१० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन ।

राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग गाँसिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा अहिले सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी नेपालीका लागि खुसीको विषय हो ।”

हाम्रा योग गुरुहरू र अध्येताहरूका अनुसार मात्र नभएर ऐतिहासिक तथा पुरातात्त्विक तथ्यहरूले नेपाल योग भूमि भएको प्रमाणित गर्ने सन्देशमा उल्लेख छ ।

“भौतिक विकास गरी सुख प्राप्त गर्ने आकांक्षामा रहेका संसारका मानिसहरू मानसिकरूपले तनावग्रस्त भई अनेक मनोशारीरिक समस्याबाट पीडित बन्दै गइरहेको वर्तमान अवस्थामा यस वर्षको अन्तर्राष्ट्रिय योग दिवसले योग परम्परालाई व्यापक बनाई सबैलाई शारीरिक र मानसिक रूपमा स्वस्थ एवं सुखी रहन प्रेरणा दिन सकोस् भनी शुभकामना व्यक्त गर्दछु,” राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

Skip This
Skip This
Logo