होन्डुरसको महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु

होन्डुरसको महिला कारागारमा झडप हुँदा ४१ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

होन्डुरसको एक महिला कारागारमा मंगलबार भएको दङ्गामा कम्तीमा ४१ जना महिलाको मृत्यु भएको छ ।अवैध गतिविधिलाई लिएर दुई समूहबीच भएको झडपमा उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

द गार्जियनका अनुसार होन्डुरसको सो जेलमा गिरोहहरूबीच भएको हिंसाका कारण कम्तिमा ४१ महिला कैदी बन्दीको मृत्यु भएको हो । जसमध्ये धेरैलाई जलाएर मारिएको छ ।होन्डुरसको राष्ट्रिय प्रहरी अनुसन्धान एजेन्सीका प्रवक्ता युरी मोराका अनुसार भिडन्तको क्रममा अधिकांश बन्दीहरूलाई जलाइएको थियो ।

तर, होन्डुरसको राजधानी टेगुसिगाल्पाबाट करिब ३० माईल उत्तरपश्चिममा रहेको तामाराको जेलमा कैदीहरूलाई गोली हानेको पनि रिपोर्टहरू रहेका छन्। देशको कारागार प्रणालीका प्रमुख जुलिसा विलानुएभाले कारागारभित्रका गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न अधिकारीहरूले हालै गरेको प्रयासका कारण दंगा सुरु भएको बताइन्। 

जसका कारण मंगलबार कारागारमा हिंसा भएको थियो। कारागारमा रहेका सङ्गठित गिरोहविरुद्ध कारबाही भइरहेको उनले बताइन् । उनले कारागारमा रहेका गिरोहले आफ्नो बृहत् नियन्त्रणको अभ्यास गरेको बताए । साथै कैदीहरूले प्रायः आफ्नै नियमहरू सेट गर्छन् र निषेधित सामानहरू बेच्छन् ।

Skip This
Skip This
Logo