रुसको बारुद कारखानामा विष्फोट,४ जनाको मृत्यु

रुसको बारुद कारखानामा विष्फोट,४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बारुद बनाउने कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। मस्कोको दक्षिणपूर्व ताम्बोभ क्षेत्रमा रहेको एउटा गोलाबारुद कारखानाले विष्फोटबारे एक विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो। जसअनुसार कारखानामा मजदुर काम गरिरहेको अवस्थामा सो विस्फोट भएको हो। 

‘सो घटनामा हालसम्म चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्,’ताम्बोभ गोलाबारुद कारखानाले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यसरी मृत्यु हुनेमा  अधिकांश ठेकेदार कम्पनीका कर्मचारी रहेका छन्। ताम्बोभका गभर्नर म्याक्सिम येगोरोभले आतंकवादी हमलाको भने खण्डन गरेका छन्। ठूला अपराधको छानबिन गर्ने छानबिन समितिले सुरक्षा नियम उल्लङ्घन गरेको भन्दै अनुसन्धान थालेको जनाएको छ। 

राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा सेना पठाएदेखि मस्को उच्च सतर्कतामा रहेको छ। र, रूसी क्षेत्र भित्र गहिरो स्थापनाहरूमा धेरै ड्रोन आक्रमणहरू भएका छन्।

Skip This
Skip This
Logo